नाइट क्लब गएका ४ खेलाडीलाई एन्फाले गर्‍यो प्रतिबन्ध र जरिवाना

अखिल नेपाल फुटबल संघले नाइट क्लब गएका ४ खेलाडीलाई जरिवाना र निलम्बित लगाएका छन् ।

फिफा विश्व कप छनोट २०२२ अन्तर्गत बन्द प्रशिक्षणमा रहेका ४ खेलाडी बिमल, अन्जन, दिनेश र सन्तोष नाइट क्लब गएको थाहा पाएपछि निलम्बितमा परेका हुन् ।

एन्फाले विमल घर्ति मगर र दिनेश राजबंशीलाई डिसेम्बर १३ देखि लागु हुनेगरी ९० दिनका लागि प्रतिबन्ध लगाएको छ भने अन्जन विष्ट र सन्तोष तामाङलाई डिसेम्बर १३ देखि लागु हुने गरिनै ४५ दिनका लागि प्रतिबन्ध लगाएको छ ।

साथै एन्फाले चारै जना खेलाडीलाई ५० हजारको जरिवाना समेत गरेको छ ।

गत कार्तिक ३० गते एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई अनुशासनको कारवाही गर्दै भुटानमा हुने कुवेतविरुद्धको खेल खेल्ने टिमबाट हटाएको थियो ।

चारै जना खेलाडीहरु मादकपदार्थ सेवन गरेको र गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लब/डिस्कोमा पाइएपछि एन्फाले कारबाही गर्दै भुटानमा भएको कुवेतविरुद्धको विश्वकप छनौटको खेल खेल्न लगेको थिएन ।

अब एन्फाको यो कारवाहीपछि चारै खेलाडीले शनिबारदेखि शुरु हुने अधिकतम ए डिभिजन लिगका खेलहरु गुमाउने भएका छन् भने बिमल र दिनेशले पूरा लिग नै गुमाउन भएका छन् ।