नर्वेको ‘सुनौलो पुस्ताको’ टिम – जुन बोरुसिया डोर्टमन्डका स्टार हालान्ड र रियल म्याड्रिडका मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको थियो- युरो २०२१मा पेक्वालिफाइ हुन असफल भएको छ।
Gooool! 0-1 Sergej Milinković Savić u 82’ #Serbia #MilinkovicSavic pic.twitter.com/LBvwkGirLU
— HotSport (@hotsportsrb) October 8, 2020
बिहीबार, ओस्लोमा भएको क्वालिफाई प्ले अफमा अतिरिक्त समय सर्बिया संग २-१को हार पछि नर्वे युरो कप २०२१मा क्वालिफाइ हुन असफल भएको हो।
Mathias Normann. The saviour we needed. pic.twitter.com/WuZT7eWZ44
— 🇳🇴 Football (@NORftbl) October 8, 2020
नर्वेले युरो २००० देखि प्रमुख अन्तर्राष्ट्रिय टूर्नामेन्टको लागि क्वालिफाइ हुन सकेको छैन – जबकि सर्बियाले २०१८को वर्ल्ड कपमा खेल्न पाएको थियो – घरेलु टोलीमा धेरै आत्मविश्वास रहेको थियो र आशा पनि थियो तर स्पेन, स्विडेन र रोमानिया सहितको समूहमा रहे पनि एक मात्र हार बेहोरेको नर्वे सर्बिया बिरुद्ध अभागी हुन पुग्यो।
Goal Sergej Milinkovic-Savic, 1-2! #NORSER pic.twitter.com/cd6dzmOt5H
— The Football Structure (@TheFS_Live) October 8, 2020
युवा स्टार खेलाडीहरु हालान्ड र ओडेगार्डमा धेरै फ्यानहरुले आफ्नो आशा राखेका थिए र यी स्टारहरुको मद्दतमा नर्वे विश्व फुटबलमा एक पावरहाउस हुने धेरैको आशा रहेको थियो।