नर्विचमाथि चेल्सीको गोल बर्षा

एजेन्सी, चेल्सीले प्रिमियर लिगमा नर्विच सिटिलाई ७-० गोल अन्तरले हराएको छ । चेल्सीको जितमा माउन्टले ह्याट्रिक गरेको छ ।

चेल्सीले खेलको ७ औं मिनेटमा मेशन माउन्टले अग्रता दिलाए । जोर्जिनोको पासमा माउन्टले गोल गरे ।

त्यस्तै, हड्शन ओडोइले १७ औं मिनेटमा अग्रता दोब्बर पारे । उनले कोभासिचले पास मिलाइ दिएका थिए ।

रिस जेम्सले तेश्रो गोल गरे । माउन्टको पासमा जेम्सले गोल गर्दै पहिलो हाफमा ३-० गोलले अग्रता लिए ।

चेल्सी दोश्रो हाफमा पनि आक्रमकलाई निरन्तर राखे । चिल्वेलले कोभासिचको पासमा गोल गरे ।

पाचौं गोल चेल्सीले आत्मघाती गोल उपहार पाए । आरोन्सले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

माउन्टले छैठो गोल पेनाल्टीमा माउन्टले गरे । यस्तै, अन्तिम तथा सातौं गोल माउन्टले गर्दै शान्दार जित दर्ता गराए ।

यो जितसंगै चेल्सी शिर्ष स्थानमा यथावत रहेका छन । उसले ९ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ ।