नयाँ स्ट्राइकरको खोजीमा म्यान सिटी- यी ४ मध्ये स्टार मध्ये एक साइन गर्न सक्ने

हाल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र सिटीले ४ खेलाडीको सुची तयार गरेको कुरा छ र आउँदो ट्रान्सफर विन्डोमा ती ४ खेलाडी मध्ये एक साइन गर्ने सिटीको योजना रहेको कुरा छ।

सिटीलाई नयाँ स्ट्राइकरको आवश्यकता रहेको पेपको विश्वास छ र क्लबमा सर्जियो अगुएरोको भविष्यको अनिश्चित हुँदा सिटीले नयाँ खेलाडीहरू साइन गर्ने योजना बनाएको छ।

खबर अनुसार सिटीको सुचीमा डर्टमन्डका स्टार हालान्ड, इन्टर मिलानका स्टार लुकाकु,स्पर्सका ह्यारी केन र इन्टर मिलानका लौटारो मार्टिनेज रहेको खुलेको छ भने सो सुचीमा रहेको मध्ये हालान्ड र लुकाकुमा सिटीको प्राथमिकता कुरा छ।

सिटी ३२ बर्सका सर्जियो अगुएरोको प्रतिस्थापनको खोजीमा रहेका छन् र आउँदो विन्डोमा नयाँ खेलाडी साइन गर्ने सिटीको योजना रहेको छ।