नयाँ स्ट्राइकरको खोजीमा चेल्सी- यी तीन स्टारहरू मध्ये एक साइन गर्न सक्ने

यो सिजनको च्याम्पियन्स लिग विजेता चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको खबर छ। आउँदो गर्मीमा चेल्सीको लक्ष्य नयाँ स्ट्राइकर साइन गर्ने हुने छ थोमास टुचेलको नेतृत्वमा चेल्सीमा स्ट्राइकरको कमी देखा परेको छ। खबर अनुसार चेल्सीले स्ट्राइकरहरूको सुची तयार गरेको छ र उक्त सुचीका मध्ये एक स्ट्राइकर साइन गर्ने चेल्सीको योजना रहेको छ।

खबर अनुसार चेल्सीको नजरमा रोमेलु लुकाकु, अर्लिङ हालाण्ड र ह्यारी केन रहेको छ भने रोमेलु लुकाकुमा चेल्सीको धेरै प्राथमिकता हुने खबर छ।

बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको नाम पनि चेल्सी सँग जोडिए पनि हाल खबर अनुसार लुकाकु, हालाण्ड र केन मध्ये एकलाई चेल्सीले साइन गर्ने सम्भावना धेरै छ।

हालाण्ड र केन साइन गर्न अन्य क्लबहरू पनि धेरै इच्छुक रहेको कारण उक्त दुई खेलाडी साइन गर्न धेरै प्रतिस्पर्धा हुन सक्ने कारण चेल्सीले हाल आफ्नो मुख्य प्राथमिकता लुकाकुमा राख्ने जानकारी छ। इन्टर मिलानमा लुकाकुको निकै राम्रो प्रदर्शन रहेको थियो भाने उनको मद्दतमा इन्टरले लिग पनि जितेको थियो।

आर्थिक समस्याको कारण इन्टरले आफ्नो स्टार खेलाडीहरू बेच्न सक्ने चर्चा हुँदै गर्दा लुकाकुलाई पनि इन्टरले बेच्न सक्ने सम्भावना रहेको बेला उनलाई साइन गर्ने चेल्सीले चासो देखाएको छ।