“नयाँ स्ट्राइकरको आवश्यकता छैन डेम्बेले चोटबाट फर्कदै छ”

बार्सिलोनाले यस ट्रान्सफर विन्डोमा नयाँ स्ट्राइकर साइन नगर्ने संकेत दिएको छ, क्विक सेटिनले आफुलाई टिममा रहेको खेलाडीहरुमा विश्वास रहेको र डेम्बेले चोटबाट फर्किने नजिक रहेको बताए।

प्रशिक्षकलाई लुइस सुआरेजको विकल्पहरूको बारेमा प्रस्न गर्दा थियो र उनले डेम्बेलेको बारे बोले।

“केहि हप्तामा डेम्बेले फर्केर आउने छ, म शान्त छु र डेम्बेले सुआरेजको स्थान लिन सक्छन,” सेटिनले आफ्नो पोस्ट-म्याच प्रेस सम्मेलनमा व्याख्या गरे।

“उहाँसँग धेरै विशिष्ट प्रतिभा छ र हामी तीमध्येबाट धेरै प्रयोग गर्न कोसिस गर्छौं।

“उनले जुन भूमिका खेले पनि हामीलाई धेरै दिन सक्छन्।

“उहाँ विन्ग्समा बढी सहज महसुस गर्नुहुन्छ, तर हामी उनलाई बल दिने छौ र उनले हामीलाई आफ्नो क्षमता देखाउन सक्छन।

“हामी आशा गर्छौं कि उसको प्रदर्शन लगातार राम्रो हुने छ।

“मसँग भएका खेलाडीहरूमा म विश्वस्त छु।

“बजारमा नयाँ स्ट्राइकर साइन गर्न सहजको विकल्प थिएन।”