नयाँ सम्झौताको लागि केनले टोटेनह्याम सामु राखे यस्तो माग

प्रिमियर लिग क्लब टोटेनह्यामको प्रयास आफ्नो स्टार स्ट्राइकर ह्यारी केनलाई क्लबमै राख्न रहेको छ। हालै अन्त्य भएको ट्रान्सफर विन्डोमा केन म्यान सिटी जान इच्छुक रहे पनि टोटेनह्यामले उनको ट्रान्सफर ब्लक गरे पछि उनले क्लबमै रहन बाध्य भएका थिए।

ह्यारी केनलाई क्लबमै राख्न स्पर्स इच्छुक रहे पनि केनले क्लब सँग सम्झौता विस्तार भने गरेका छैनन् र नयाँ सम्झौतामा साइन गर्न केनले क्लब सामु आफ्नो माग राखेको जानकारी छ र उनको माग नयाँ सम्झौतामा आफ्नो रिलिज क्लज समावेश गर्ने रहेको छ जुन टोटेनह्याम गर्नबाट अनिच्छुक देखा पर्दै आएको छ।

खेलाडीको सम्झौतामा रिलिज क्लज समावेश भए सम्झौतामा निर्धारित भएको रिलिज क्लज रकम तिर्ने क्लबलाई उक्त खेलाडी किन्नबाट कसैले रोक्न सक्दैन र उनको रिलिज क्लज नभएको कारण सिटी उनलाई साइन असफल रहेको थियो।

हाल नयाँ सम्झौताको लागि केनले टोटेनह्याम सामु आफ्नो सम्झौतामा रिलिज क्लज राख्न माग गर्दै गरेको खबर छ। उनको रिलिज क्लज राखे क्लबले उनलाई गुमाउने निश्चित हुने छ भने उनको माग पुरा नगरे उनको सम्झौता अन्त्य भए पछि उनी फ्री एजेन्टको रुपमा क्लब छोड्ने छन् जुन स्पर्सको लागि ठुलो घाटा हुने छ।