‘नयाँ मेस्सी बन्न सक्ने बोरुसिया डर्टमन्डका यी नयाँ युवा स्टार’

हाल बोरुसिया डर्टमन्डका १६ बर्साका युवा स्टार युसुफा मउकोकोको धेरै चर्चा भएको छ। मात्र १६ बर्साको उमेर रहेको मउकोको आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै छन् र धेरैको विश्वास छ कि उनि नयाँ मेस्सी बन्ने छन्।

जर्मनीको युवा फुटबलमा उनको निकै राम्रो खेल रहेको छ र अब उनि बोरुसिया डर्टमन्डको सिनियर टिमबाट खेल्न सक्ने खबर रहेको छ। हाल उनि सिनियर टिमहरु संगै प्रशिक्षणमा रहेका छन्।

उनि १२ बर्साको उमेरमा डर्टमन्डको यु १७ टिममा खेल्ने गर्थे र उनले आफ्नो पहिलो सिजनमै ४० गोल गरे उनि १४ बर्सा पुग्दा उनले यु१९को टिमबाट खेले र उनले २० खेलमा ३४ गोल गरे।

यो सिजन मात्र उनले ४ खेलमा ह्याट्रिक गरेका छन्। उनको उत्कृष्ट खेलको कारण उनि डर्टमन्डको पहिलो टिममा पुग्न नजिक रहेका छन् भने अन्य ठुलो क्लबको आँखा पनि उनिमा रहेको खबर छ।