नयाँ फिफा वरियता सार्वजनिक; नेपाल कति स्थानमा? शीर्ष स्थानमा कुन देश?

फिफा वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६९औँ स्थानमा रहेको छ ।

यसअघि पनि नेपाल एक सय ६९औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो वरीयतामा रहेको छ ।

नेपालभन्दाअघि भारत र माल्दिभ्स छन् । भारत एक सय चार र माल्दिभ्स एक सय ५७औँ स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा अर्जेन्टिना रहेका छन्।

इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।