नयाँ फिफा बरियता सार्वजनिक, नेपालको सुधार; पूरा जानकारी

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपालले ५ स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १६१ औँ स्थानमा उक्लिएको छ ।

विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा विश्व कप बिजेता फ्रान्स रहेको छ भने, तेस्रो स्थानमा ब्राजिल, चौथो स्थानमा इङ्ग्ल्यान्ड, पाँचौँ स्थानमा पोर्चुगल, छैटौँमा उरुगुवे, सातौँमा स्पेन, आठौँमा क्रोएसिया, नवौँमा कोलम्बिया र दशौँ स्थानमा अर्जेन्टिना रहेका छन् ।