“नयाँ प्रबन्धक माथि हाम्रो पूर्ण विश्वास छ”

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले प्रशिक्षक क्विक सेटीनमाथि बोर्डको पूर्ण विश्वास रहेको बताए।

शनिबार भ्यालेन्सियामा पराजित हुँदा सेटीनले रियल म्याड्रिडबिरुद्ध लालिगा नेतृत्व गुमाए र उनको कोचको रूपमा सुस्त सुरुवात भएको छ।

बार्टोमेउले मुन्डो डिपार्टिभोलाई भने: “हाम्रो आत्म शक्ति अझै बलियो छ र हामी अर्को खेलको लागि उत्सुक छौं।

“हामीले पहिले नै भनेका छौं कि हामी केही फरक गर्दै छौं , परिवर्तन गर्ने प्रयास गर्दै छौं र क्विक सेटीन र उनको टोलीमा हाम्रो पूर्ण विश्वास छ।

“ला लिगामा अझै धेरै खेल छ, धेरै खेल्न बाँकी छ र मलाई लाग्छ यो धेरै रोचक लिग हुनेछ।

“सेटीन येस्तो कोच हुन्, जस्लाई हामी मन पराउँदछौं, दुबै उनको खेल दर्शन र सोच्ने तरिकाको लागि।

“हामीलाई थाहा छ कि नयाँ कोच आउँदा सँधै सजिलो हुँदैन”