नयाँ पोजिसनमा खेल्न चाहन्छन् बायर्न म्युनिखका स्टार

बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबा सिजनको अन्त्यमा नयाँ क्लबमा जाने छन् र खबर अनुसार उनी नयाँ पोजिसनमा खेल्न चाहन्छन्।

उनको क्लब सँग सम्झौता अन्त्य हुने क्रममा छ र उनी माथि पिएसजी, चेल्सी र रियल जस्तो क्लबहरुको नजर छ तर खबर अनुसार उनी नयाँ क्लबमा नयाँ पोजिसनमा खेल्न चाहन्छन्। उनी आफूलाई मिडफिल्डको रूपमा खेल्न दिने क्लबमा जान इच्छुक रहेको कुरा छ।

द टेलिग्राफको म्याट लका अनुसार अलाबा डिफेन्डरको रूपमा नयाँ क्लबमा जान चाहँदैनन्।

“धेरै नजिकको स्रोतका अनुसार डेविड अलबा त्यो क्लबमा जान चाहन्छन् जसले उनलाई मिडफिल्डको रूपमा खेल्ने अवसर दिने छ।” म्याट लले खुलाए।

रियलले उनलाई रामोसको विकल्पको रूपमा साइन गर्न सक्ने खबर थियो तर डेविड अलबाको नयाँ पोजिसनको मागले रियललाई योजना परिवर्तन गर्न बाध्य गर्ने सक्ने छ।