‘नयाँ नेमार’ साइन गर्ने दौडमा बार्सा र एसी मिलान

बार्सिलोना र एसी मिलान सेभिल्लाका २० वर्षका विंगर ब्रायन गिल साइन गर्न इच्छुक रहेको खबर छ। ब्रायन गिल हाल सेभिल्लाबाट ईबारमा लोनमा छन् र उनको तुलना पिएसजीका ब्राजिलियन सुपरस्टार नेमार सँग हुने गरेको छ।

उक्त युवा विंगरको खेल ईबारमा हाल धेरै राम्रो रहेको छ र उनको प्रदर्शनको कारण अन्य क्लबको नजर उनीमा पर्न पुगेको छ।

गिलले लिगमा हाल २३ खेलमा ३ गोल २ असिस्ट गरेका छन् र उनको खेल शैलीको धेरै प्रशंसा हुँदै गरेको छ भने उनको तुलना नेमार सँग पनि हुन सुरु भएको छ।

हाल उनको प्रदर्शनको कारण ला लिगा क्लब बार्सिलोना र सिरी ए क्लब एसी मिलानको नजर उनी माथि रहेको खबर छ र उनलाई साइन गर्न दुवै क्लबले प्रयास गर्ने खबर छ र प्रिमियर लिग क्लब अर्सेनल पनि उनलाई साइन गर्न इच्छुक रहेको चर्चा छ।

२० वर्षका विंगरको रिलिज क्लज €३५ मिलियन रहेको जानकारी छ भने सेभिल्ला उनलाई बेच्न तयार हुन सक्ने कुरा छ।