‘नयाँ नेमार’ साइन गर्ने दौडमा चेल्सी र लिभरपुल

प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल आयाक्सका २१ वर्षका ब्राजिलियन विंगर एनटोनी साइन गर्न इच्छुक रहेको खबर छ। एनटोनीको हाल खेल डच क्लब आयाक्समा निकै राम्रो रहेको छ भने उनको तुलना पिएसजीका ब्राजिलियन सुपरस्टार नेमार सँग हुने गरेको छ।

उक्त युवा विंगरको खेल आयाक्समा धेरै राम्रो रहेको छ र उनको प्रदर्शनको कारण अन्य क्लबको नजर उनीमा पर्न पुगेको छ। उनको खेल शैली निकै उत्कृष्ट रहेको छ भने उनले गर्ने स्किल मुभ्स पनि निकै उत्कृष्ट रहेको छ जसको कारण उनको तुलना नेमार सँग हुने गरेको छ।

एनटोनीले हाल सम्म डच क्लबको लागि १५ खेलमा ६ गोल र ४ असिस्ट गरेका छन् र उनको खेल शैलीको धेरै प्रशंसा हुँदै गरेको छ भने प्रसिद्ध फुटबल वेबसाइट गोल डट कमले उनलाई ‘नयाँ नेमार’ भनेर उल्लेख गर्दै आएको छ।

हाल उनको प्रदर्शनको कारण प्रिमियर लिग क्लब चेल्सी र लिभरपुलको नजर उनी माथि रहेको खबर छ र उनलाई साइन गर्न दुवै क्लबले प्रयास गर्ने खबर छ।

२०२०को जुलाईमा एनटोनीलाई साओ पाउलोबाट आयाक्सले €१५.७५ मिलियनमा साइन गरेको थियो भने उनको हाल मूल्य €५० मिलियन रहेको जानकारी छ तर आयाक्सका कोच टेन ह्याग उनलाई बेच्ने कुराको विरुद्धमा रहेका छन्।