‘नयाँ नेमार’ साइन गर्ने तिब्र प्रयासमा म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटी फ्लुमिनन्सका ब्राजिलियन युवा स्टार साइन गर्ने प्रयासमा छ। १७ वर्षका केकी नयाँ नेमार हुने धेरैको विश्वास छ भने म्यान सिटीले उनलाई €१७ मिलियनमा साइन गर्ने कुरा छ।

उनलाई साइन गर्न कार्यमा सिटीको व्यवस्थापन धेरै समय देखि निकै व्यस्त रहेको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रीजियो रोमानोका अनुसार फेब्रुअरी देखि सिटीको सो प्रयास जारी रहेको छ।

उनी हाल १७ वर्ष मात्र भएको कारण अनुमतिको कार्यहरूमा सिटीलाई कठिनाइ आएको जानकारी छ। खबर अनुसार अन्य क्लबले उनलाई साइन गर्न सक्ने भनेर सिटी निकै होसियार रहेको छ। केकीको लागि सिटीले ५ वर्षको सम्झौता दिने खबर छ भने उनी २०२२मा सिटीमा आउने जानकारी छ।

ब्राजिलियन युवा स्टार केकीको नेमार सँग धेरै तुलना हुने गरेको छ र उनी नयाँ नेमार हुने धेरैको विश्वास छ । युरोपको अन्य क्लबको नजर पनि केकीमाथि रहे पनि सिटी उनलाई भित्राउन सफल हुने गोलको दाबी छ।

केकी विंगर र आक्रमणकारी मिडफिल्डको रूपमा खेल्न गर्छन्। यु१७ प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए जसको कारण युरोपको अन्य क्लबको नजर पनि केकीमाथि रहेको थियो।

लिभरपुल पनि उनी माथि इच्छुक रहेको खबर थियो। उनले ब्राजिलको यु-१६को टिमबाट खेलेका छन् भने उनी उत्कृष्ट युवा प्रतिभा मध्ये एक रहेको धेरैको विश्वास छ।