नयाँ डिफेन्डर साइन गर्ने चेल्सीको योजना

यो ट्रान्सफर विन्डो अन्त्य हुन अगाडी चेल्सीले नयाँ डिफेन्डर साइन गर्न सक्ने खबर छ। खबर अनुसार चेल्सीले यस महिनाको ट्रान्सफर विन्डो को अन्तिम दिनहरूमा एक डिफेन्डर साइन गर्ने योजना बनाएको छ र हाल चेल्सीको नजरमा सेभिल्लाका युवा जुलेस कौंडे रहेको जानकारी छ।

रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड इच्छुक रहेको चर्चा थियो भने हाल खबर अनुसार चेल्सी पनि सो दौडमा सामेल भएको छ।

यो ट्रान्सफर विन्डो चेल्सीको प्रमुख ट्रान्सफर रोमेलु लुकाकु हुन् भने हाल चेल्सीको नजरमा नयाँ डिफेन्डर रहेको छ। जुलेस कौंडे चेल्सीको नजरमा रहे पनि उनलाई साइन गर्न असफल रहे चेल्सीले अन्य विकल्प हेर्ने खबर छ।

हाल चेल्सी सँग डिफेन्समा थियागो सिल्भा, सीजर अज्पीलिक्वेता र मार्कोस ओलोन्सो जस्ता अनुभवी खेलाडीहरू छन् भने चेल्सी डिफेन्समा युवा खेलाडी राख्न इच्छुक रहेको रिपोर्ट छ।

२२ वर्षका डिफेन्डरको खेल ला लिगामा निकै राम्रो रहेको छ भने उनी हाल विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक रहेका छन्।

रियलले बायर्न म्यूनिखका स्टार डिफेन्डर डेभिड अलाबा साइन गरेको छ भने म्यानचेस्टर युनाइटेड रियलका राफाएल भरान साइन गरेको बेला दुवै क्लबले युवा डिफेन्डरको खर्च नगर्न सक्ने रिपोर्ट रहेको छ जसको फाइदा चेल्सीले लिन सक्ने छ।