नयाँ डिफेन्डरको खोजीमा रियल म्याड्रिड तीव्र

नयाँ डिफेन्डरको खोजीमा रियल म्याड्रिड सक्रिय हुने खबर छ। क्लब कप्तान सर्जियो रामोस संगको सम्झौता विस्तारको वार्ता अहिले सम्म सफल हुन सकेको छैन र खबर अनुसार रियलले उनको विकल्पको खोजी सुरु गरेको छ।

खबर अनुसार भिलारियलको पाउ टोरेस रियलको मुख्य लक्ष्य हुने छन् तर उनलाई साइन गर्न गर्मीको विन्डोमा मात्र रियलले प्रयास गर्ने छ। क्लबमा सर्जियो रामोसको भविष्य स्पष्ट नहुँदा रियलको तयारी सुरु भएको छ।

३५ वर्षका रामोसको सम्झौता आउँदो गर्मीमा अन्त्य हुने छ भने दुई बीच सम्झौता विस्तारको वार्ता सफल हुन सकेको छैन ।

रामोसले क्लब छोडे रियलमा डिफेन्समा धेरै विकल्प हुने छैन सो कारण रियलले योजना बनाउन सुरु गरेको छ। पाउ टोरेसको मूल्य €५० मिलियन सम्म हुन सक्ने खबर छ। उनि माथि म्यान सिटी, लिभरपूल जस्तो अन्य क्लबको पनि चासो रहेको छ।

रियलको चासो बायर्न म्युनिखका डेविड अलबामा पनि रहेको उनि फ्री एजेन्ट छन् र धेरै क्लब उनलाई साइन गर्ने दौडमा छन्।