नयाँ टि-२० वरियता सार्वजनिक; नेपाल कति स्थानमा?

आईसीसी टि ट्वान्टी वरियतामा नेपाल यथास्थानमा रहेको छ । आईसीसीको नयाँ वरियता अनुसार नेपाल २ सय १ रेटिङ सहित ११ औं स्थानमा कायमै छ । १२ औं स्थानमा रहेको स्कटल्यान्डको १ सय ९९ रेटिङ छ ।

दुई टेष्ट राष्ट्र जिम्बाबे १४ औं र आयरल्यान्ड १५ औं स्थानमा छ । यूएई १३ औं स्थानमा छ । पाकिस्तान २ सय ८३ रेटिङ सहित शीर्ष स्थानमा कायमै रहेको छ । त्यस्तै इंग्ल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो, अष्ट्रेलिया पाँचौ, न्युजिल्यान्ड छैटौं स्थानमा छ ।

अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका आठ, वेस्ट इन्डिज नवौं र बंगलादेश दसौं स्थानमा छ । पुछारमा रहेको चीन ८५ औं स्थानमा छ ।