पूर्व चेल्सी कोच थोमस टुचेलले नयाँ चेल्सी कोच ग्राहम पोटरलाई चेतावनी दिँदै एक अन्तर्वार्तामा बोलेका छन्।
हालै चेल्सी लिग कपमा म्यानचेस्टर सिटी सँग २-०ले पराजित हुँदै नकआउट भएको छ भने लिगमा पनि पछिल्लो ४ खेलमा चेल्सी जित विहीन राहेको बेला एक अन्तर्वार्तामा बोल्दै थोमस टुचेलले चेल्सीमा ब्याक-टू-प्याक पराजय भए ‘कसैले’ ‘आफ्नो प्रक्रियालाई विश्वास नगर्ने’ भनेर दाबी गर्दै पोटरलाई चेतावनी दिएका छन्।
Thomas Tuchel fires word of warning to successor Graham Potter and insists ‘nobody will trust the process’ if poor form continues https://t.co/T0ywdKtPBc
— MailOnline Sport (@MailSport) November 10, 2022
“तपाईँले एउटा हारबाट, छोटो अवधिमा फर्किन सक्नु हुने छ … तर यो(लगातार हारको यात्रा) धेरै लामो हुन सक्दैन अन्यथा कसैले पनि तपाईँको प्रक्रियालाई विश्वास गर्दैन।”- टुचेलले बताए।
“दैनिक प्रक्रियालाई सम्मान गर्नु यो सबैभन्दा महत्त्वपूर्ण छ”- उनले थपे।
“म खेलाडीहरूसँग साँच्चै कडा र अनुशासित हुने प्रयास गर्छु, समयमै आउने, मिलनसार हुनु, सम्मानजनक हुनु, तयार हुनु, आफ्नो उत्कृष्ट प्रदर्शन गर्नु।”
सेप्टेम्बरमा चेल्सीले आफ्नो मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेका थिए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियाको डिनामो जाग्रेबसँग पराजित भएको भोलिपल्ट चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो भने उनको प्रतिस्थापनको रूपमा चेल्सीले ग्राहम पोटरलाई भित्राएको थियो।
टुचेलको चेल्सीसँगको सम्झौता २०२४ सम्म रहेको थियो । चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै २०२१ मा टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो भने हाल टुचेल क्लब विहीन रहेका छन् ।