“नयाँ खेलाडीहरु साइन नगरे लिभरपूल लिगको चौथो स्थानमा हुने छ”

BRIGHTON, ENGLAND - JANUARY 12: Jordan Henderson and Virgil van Dijk of Liverpool cover their mouths as they communicate during the Premier League match between Brighton & Hove Albion and Liverpool FC at American Express Community Stadium on January 12, 2019 in Brighton, United Kingdom. (Photo by Mike Hewitt/Getty Images)

आर्सेनलका लेजेण्ड पॉल मर्सनले च्याम्पियन लिभरपूलको ट्रान्सफर विन्डोमा निष्क्रियता बारे बोलेका छन्।

मर्सन विश्वास गर्छन् कि क्लोपको क्लबमा नयाँ खेलाडीहरु हस्ताक्षरको अभावले आउने सिजन उनीहरूलाई चोट पुर्याउनेछ। हाल रेड्सले ओलम्पियाकोसबाट कोस्टास सिमिक्स मात्र साइन गरेको छ।

र उनी विश्वास गर्छन् कि लिभरपूलले लिगको चौथो स्थान सम्म ड्रप हुन सक्दछन् यदि उनीहरूले अधिक खेलाडीहरू साइन इन गरेनन् भने।

“लिभरपूल सजिलै चौथोमा स्थानमा ड्रप हुनसक्छ” मर्सनले स्काई स्पोर्ट्सलाई भने। “तपाईं लिभरपूलको लीड्सको विरुद्धको खेल हेर्न सक्नु हुने छ: लीड्सले नै लिभरपूललाई गार्हो स्थितिमा लग्न सफल भएको थियो ।

“मलाई लाग्छ कि उनीहरूले केहि खेलाडी किन्नु पर्छ। नत्र यस सिजन रेड्स चौथो स्थानमा पुगे मलाई आश्चर्य लाग्ने छैन, र मैले यो खेल अघि सोचेको छु।

“यो उही टोली हो, र उनीहरू हरेक हप्ता खेल्नु पर्ने धेरै खेलाडीहरू छन्। भर्जिल भ्यान डाइक घाइते हुन हुदैन। फुल-ब्याकहरु चोट ग्रसित हुनु हुदैन आक्रमणकारीहरूहरु पनि घाइते हुनु लिभरपूललाई जोखिमपूर्ण हुने छ किन भने तीनलाई प्रतिस्थापन गर्न लिभरपूलमा कोही पनि छैनन् ।

“यदि म्यान सिटीमा यस्तो भयो भने त्यहाँ धेरै खेलाडी छन् जसले प्रतिस्थापन गर्न सक्छन । तिनीहरूको टोली धेरै ठूलो छ।

“त्यसकारण म लिभरपूलको बारेमा चिन्ता गर्छु, त्यहाँ ५ वा ६ खेलाडीहरू छन् जसले हरेक हप्तामा खेल्नुपर्दछ, अन्यथा टोली अत्यन्त कमजोर हुने गर्छ।”