डानी अल्भसले गरे डेब्यु खेलमै गोल

फ्रान्सेली क्लब पिएसजी छोडेर ब्राजिलियन सिरी ए क्लब साओ पाओलो गएका डानी अल्भेसले ब्राजिलियन क्लबबाट डेब्यु खेलमा गोल गरेको छ।

अल्भेसकै गोलको मद्दतमा साओ पाओलोले सेआरालाई १-० ले हराउँन् सफल भयो। खेलको ४० औँ मिनेटमा अल्भेसले गरेको गोल नै जितका लागि निर्णायक हुन् पुग्यो।

अल्भेसले यहि सिजन पिएसजी छाडेर साओ पाओलो गएका हुन्। हालै मात्र उनले आफ्नो कप्तानीमा ब्राजिललाई कोपा अमेरिका फुटबलको उपाधि दिलाएका थिए।

अल्भेसले क्लब र राष्ट्रिय टिमबाट ४० वटा उपाधि जितिसकेका छन्। उनको यो बर्ष ब्राजिलको लिग जित्ने लक्ष्य छ।