
जनवरी ट्रान्सफर विन्डोमा नयाँ क्लब पाउने सोचको साथ एटलेटिको म्याड्रिडका स्टार कोस्टाले क्लब सँग आफ्नो सम्झौता रद्द गर्ने जोखिमपूर्ण निर्णय लिए तर यो विन्डो उनले सोचेको जस्तो रहेन र उनी हाल क्लब विहीन छन् र फ्री एजेन्टको रूपमा छन्।
Diego Costa, Garay & Pato: los agentes libres más valiosos del mercado tras el final de la ventana de invierno de fichajes.
➡️ https://t.co/95uLlgKifI pic.twitter.com/R0CCoRUGOA
— Transfermarkt.es (@TMes_news) February 4, 2021
डिएगो कोस्टाले डिसेम्बरमा एटलेटिको सँग सम्झौता रद्द गरे उनी नयाँ क्लब र नियमित खेल समयको खोजीमा थिए तर ट्रान्सफर विन्डोको अन्त्य भए पछि पनि स्टार स्ट्राइकरले अझै नयाँ पाएनन्।
एल मुन्डोका अनुसार उनी ला लिगामा एटलेटिकोको प्रतिद्वन्द्वी क्लबमा जान नपाउने सम्झौताको थियो। एटलेटिकोको प्रतिद्वन्द्वी क्लबमा गए उनले €२५ मिलियन जरिवाना तिर्नु पर्ने हुन्थ्यो।
स्वारेजको आगमन पछि कोस्टाले खेल समय पाएनन् र उनी नयाँ क्लबको खोजीमा थियो। उनको नाम म्यान सिटी, वोल्भ्स जस्तो क्लब सँग जोडिएको थियो तर विन्डोको अन्त्य भए पछि पनि कोस्टा क्लब विहीन छन्।