नयाँ क्लब खोज्न हाजार्डलाई रियल म्याड्रिडको आग्रह 

MADRID, SPAIN - MAY 1: Eden Hazard of Real Madrid during the La Liga Santander match between Real Madrid v Osasuna at the Estadio Alfredo Di Stefano on May 1, 2021 in Madrid Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

ला लिगा क्लब रियल म्याड्रिड आफ्नो स्टार खेलाडी एडेन हाजार्डलाई बेच्ने तयारीमा रहेको जानकारी छ।

रिपोर्ट अनुसार रियल म्याड्रिडले हाजार्डलाई अन्य क्लबहरूको प्रस्ताव सुन्न आग्रह गर्दै उनलाई बेच्ने आफ्नो योजना स्पष्ट गरेको छ। उनलाई बेच्न रियल तयार रहेको बेला इटालियन क्लब इन्टर मिलान उनलाई भित्राउन इच्छुक रहेको जानकारी छ।

हालै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हाजार्डको रियल म्याड्रिड भविष्य पनि अनिश्चित रहेको छ र रियल उनलाई बेच्न तयार रहेको बेला हाजार्डको नयाँ गन्तव्य सिरी ए हुने सम्भावना रहेको छ।

रियल म्याड्रिडले २०१९मा चेल्सीबाट हाजार्डलाई अनुबन्ध गर्न €११५ मिलियन र केही बोनस तिरेको थियो तर रियलमा उनको खेल सोचे अनुरूप हुन सकेको छैन र चोटको कारण धेरै जस्तो समय उनी मैदान बाहिर रहे भने रियल अब उनलाई बेच्ने तयारीमा रहेको छ।

यस सिजन ला लिगा र च्याम्पियन्स लिग बिच मात्र छ वटा खेल खेलेका हाजार्डले अन्य क्लब ठुलो तलब कटौती स्वीकार गर्न पर्ने हुने छ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ