नयाँ क्लबको खोजीमा डिएगो कोस्टा

गत जनवरी ट्रान्सफर विन्डोमा एटलेटिको म्याड्रिड छोडेर ब्राजिलियन क्लब एट्लेटिको मिनेइरोमा गएका स्टार स्ट्राइकर फेरी क्लब विहीन भएका छन्। खबर अनुसार डिएगो कोस्टाले एट्लेटिको मिनेइरो सँग सम्झौता रद्द गर्ने निर्णय लिएका छन् र हाल उनी फ्री एजेन्टको रुपमा रहेका छन्।

डिएगो कोस्टाले २०२०को डिसेम्बरमा एटलेटिको म्याड्रिड सँग सम्झौता रद्द गरेका थिए भने उनलाई नयाँ क्लब पाउन धेरै समय लागेको थियो त्यो समय एटलेटिको म्याड्रिडमा स्वारेजको आगमन पछि कोस्टाले खेल समय पाएनन् र उनी नयाँ क्लबको खोजीमा थिए।

हाल उनले ब्राजिलियन क्लब सँग पनि सम्झौता रद्द गरेका छन् र हाल फेरी पनि उनी फ्री एजेन्ट बनेका छन् र उनी नयाँ क्लबको खोजीमा हुने छन्।

उनको नयाँ गन्तव्य कुन हुने भने ’bout भने हाल केही जानकारी आएको छैन भने अर्को ब्राजिलियन क्लब कोरिन्थियनस उनलाई साइन गर्न इच्छुक रहेको खबर छ। । चेल्सी, एट्लेटिको म्याड्रिड जस्तो क्लबहरूमा खेलेका डिएगो कोस्टा कुनै समय युरोपकै एक उत्कृष्ट स्ट्राइकर मध्ये एक थिए।