नयाँ कोच पाउन टोटनह्याम अहिले सम्म असफल

प्रिमियर लिग क्लब टोटनह्यामले जोसे मोरिन्होलाई बर्खास्त गरे पछि टोटनह्याम नयाँ कोचको खोजीमा रहेको छ र अहिले सम्म टोटनह्याम असफल रहेको छ।

जोसे मोरिन्होको बर्खास्त पछि स्पर्सले इन्टरका कोच एन्टोनियो कोन्टे भित्राउन प्रयास गरेको थियो र सो प्रयास असफल रहे पछि स्पर्सको नजर पाउलो फोन्सेकामा रहेको थियो। पाउलो फोन्सेका सँग सम्झौतामा पुग्न टोटनह्याम धेरै नजिक रहेको थियो तर हाल खबर अनुसार दुई बिचको वार्ता अन्तिम समय असफल भएको छ र पाउलो फोन्सेकाले टोटनह्यामको प्रस्ताव अस्वीकार गरेका छन्।

पाउलो फोन्सेका टोटनह्यामका कोच बन्न धेरै नजिक थिए तर कर मुद्दाहरूको कारण सो कुरा असफल हुन पुगेको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले जनाएका छन्।

हाल खबर अनुसार टोटनह्यामको नजर इटालियन लेजेण्ड गिन्नारो गट्टुसोमा रहेको छ र दुई बिच हालै वार्ता भएको खबर छ।