नयाँ कोचको रुपमा पिएसजीले जिदानलाई भित्राउने चर्चा 

फ्रेन्च क्लब पिएसजीका कोच मौरिसियो पोचेटिनोको माथि धेरै दबाब रहेको छ। स्टार टिमले भरिएको टिम हुँदा पनि पोचेटिनोको नेतृत्वमा पिएसजी धेरै बलियो नदेखेको धेरैको धारणा छ भने खेलाडीहरू पनि पोचेटिनोको रणनीति र व्यवस्थापनबाट खुसी नरहेको धेरै चर्चा हुँदै आएको छ।

क्लबका सुपरस्टार मेस्सी कोच पोचेटिनो सँग सन्तुष्ट नरहेको चर्चा भएको थियो भने हाल खबर अनुसार पूर्व रियल म्याड्रिड कोच जिनेदिन जिदान सँग पिएसजीको नाम जोडिएको छ।

हाल जिदान क्लब विहीन छन् भने पिएसजीको नेतृत्व लिन जिदान इच्छुक रहेको चर्चा थियो भने पिएसजीको खेल राम्रो नहुँदा पोचेटिनोको विकल्पको रुपमा पिएसजीले जिदान माथि नजर राखेको जानकारी छ।

मौरिसियो पोचेटिनो ११ महिना अघि मात्र पिएसजी आएका थिए। पोचेटिनोले थोमस टुचेलको ठाउँ लिएका थिए भने पोचेटिनोको माथि धेरै अपेक्षाहरू रहेको छ जुन दबाब पनि हुन थालेको छ। मेस्सी, नेमार, एम्बाप्पे, रामोस जस्ता स्टार खेलाडीहरूले भरिएको टिम भए पनि पिएसजीको खेल औसत रहेको छ।

च्याम्पियन्स लिग पिएसजीको मुख्य लक्ष्य हुँदै आएको छ पोचेटिनो माथि धेरै दबाब रहेको छ भने जिदानको नाम क्लब सँग जोडिने क्रम जारी रहेको छ।