नदाल युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रबेश

दोस्रो वरियताका टेनिस खेलाडी रफाइल नदाल वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपनको क्वाटरफाईनलमा पुगेका छन्।

अमेरिकाको न्युयोर्कस्थित फ्लसीङ मिडोजमा आज बिहान सम्पन्न खेलमा क्रोएसियाका मारिन सिलिचलाई ३-१ को सेटमा हराउँदै नदाल अन्तिम आठमा पुगेका हुन्।

सिलिच विरुद्धको खेल नदालले ६-३, ३-६, ६-१ र ६-२ को सेटमा जिते । नदालले अब क्वाटरफाईनलमा अर्जेन्टिनाका डिएगो स्वार्जम्यानसँग खेल्नेछन्।