नडालले लिए क्यानेडियन ओपनबाट नाम फिर्ता

एजेन्सी, रफायल नडालले क्यानेडियन ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन । पैतालामा चोट लागे पछि उनले नाम फिर्ता लिएका हुन ।

उनले चोटकै कारण विम्बल्डम र ओलम्पिकका खेलहरु गुमाएका थिए ।

नडालले अगष्ट ५ र ६ मा वासिङ्टनमा खेलका थिए । तर, उनी मार्लोर्कामा आराम गर्न फर्केका छन ।

पुर्व नं १ नडालले वासिङ्टनमा ज्याक सकविरुद्ध दोश्रो राउन्डमा चोट बोकेका थिए । उनी दक्षिण अफ्रिकन खेलाडि लोयड ह्यारिससंग तेश्रो राउन्डमा पराजित भएको थियो ।

त्येस्तै, नडालले सिन्सिनाटी मास्टर, युएस ओपन र क्यानेडियन ओपन गुमाउने भएको छ । उनलाइ अर्का स्पेनिस खेलाडि फेलिसियानो लोपेजले प्रतिस्थापन गरेको छ ।