शुक्रवार फिफा विश्व कपमा उरुग्वेले घानालाई २-०ले हराएको थियो तर उक्त जित बाबजुद उरुग्वे नक-आउट भएको थियो भने खेल अन्त्य भए पछि उरुग्वेका स्टार स्ट्राइकरले आफ्नो काभानीले आफ्नो रीस भिएआर मोनिटरमा पोखे र हाल उक्त भिडियो धेरै भाइरल हुँदै गएको छ।
🤬 Se enojó 𝐂𝐀𝐕𝐀𝐍𝐈 con el VAR…#MundialEnEl10 pic.twitter.com/6ff54GcsnC
— Punto Penal (@Punto_Penal) December 2, 2022
उरुग्वेले घानालाई २-०ले पराजित गरेको थियो तर दक्षिण कोरियाले पोर्चुगललाई २-१ले पराजित गरे पछि उरुग्वे ग्रुप स्टेजबाटै आउट भएको थियो भने उरुग्वेका खेलाडीहरू दुखी भए भने केही खेलाडीहरू खेलमा रेफ्रीको निर्णयबाट असन्तुष्ट थिए र काभानीले खेल अन्त्य भए पछि रेफ्रीले प्रयोग गर्ने मोनिटरलाई मुक्का हान्ने।
काभानीले आफ्नो रीस भिएआर मोनिटरमा पोखे पछि उक्त मोनिटर भुईँमा खसेको। काभानी सहित उरुग्वेका अन्य खेलाडीहरू पनि रेफ्री सँग खुसी थिएनन् र उरुग्वेका खेलाडीहरू र कोचहरुले खेल पछि रेफ्री सँग पनि बहस गरेका थिए।
Cavani vs. el VAR 😳#Qatar2022 pic.twitter.com/y6OGeIzRCw
— GOAL en español (@Goal_en_espanol) December 2, 2022
उक्त खेलमा उरुग्वेका जियोर्जियन डे अर्रास्केटाले दुई गोल गरेका थिए जसको मद्दतमा उरुग्वेले घानालाई पराजित गरेको थियो तर पोर्चुगल विरुद्ध जित निकाल्दै दक्षिण कोरिया अर्को चरणमा पुगेको छ। कोरिया र उरुग्वे दुवै सँग ४ अंक छ तर गोल भिन्नतामा कोरियाले ग्रुपको दोस्रो स्थान पाएको हो।