नक्कली मेस्सीलाई २३ जना महिलासंग शारीरिक सम्बन्ध राखेको आरोप लागे पछि तनाव

हेर्दा हुबहु मेस्सी जस्तै देखिने तथा मेस्सी र उनिमा केहि फरक नदेखिने एक ब्यक्ति नाम रेजा परास्टेज जसलाई इरानियन मेस्सीको समेत उपनाम दिइएको थियो । मेस्सीको बनावट बोकेका उनले २३ महिलालाई शारीरिक सम्बन्ध राख्न समेत प्रस्ताव राखेको कुरा खोलिएको छ । उक्त खबर मार्कामा समेत छापिएको थियो ।

७०० हजार फ्यान फलोअर रहेको उनको एकाउन्टमा उक्त घटना पश्चात नाम समेत हटाउन माग गरिएको छ ।
उनले आफ्नै सामाजिक संजाल मार्फत – आफु प्रति लागेको सबै आरोप झुट रहेको र उक्त कुराहरुमा विस्वास नराख्न सबै साथीहरुमा अनुरोध गरेका छन् ।

उनले आफ्नो नाम र फोटोको प्रयोग गरि आफुलाई गिराउन लागेको बारे खुलाएका छन् । साथै जसले उनको नाम राखी महिलाहरुलाई प्रस्ताव राखिरहेको छ उ प्रति कडा मुद्दा चलाउने समेत बताएका छन् ।

समाचार हर तिर चलेपछी उनलाई झनै विपत आएको छ । आफ्नो देशमा समेत उक्त समाचार सम्प्रेषण हुदा निकै नकारात्मक असर पर्ने उनले बताएका छन् । उनले आफु प्रति पूर्ण विश्वले कु नजरले हेरेकोमा दुख समेत ब्यक्त गरेका छन् ।