धोनी पन्तलाई विकेट किपिङ सिकाउदै

एजेन्सी, भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनी टिट्वान्टी विश्व कपमा सल्लाकारको भूमिकामा छ । उनले वार्म अप खेलमा युवा क्रीकेटरलाई आफ्नो अनुभव सात्दै देखिन्थ्यो ।

उनले भारतका विकेट-किपर रहेका रिशब पन्टलाई केही पाठ सिकाएको भिडियो भाईरल भएको छ ।

भारतले आफ्नो पहिलो खेल आईतबार चिर-प्रतिद्वन्दी पाकिस्तानविरुद्ध दुबईमा खेल्दैछ । भारतले २००७ मा पाकिसतनलाई हराउदै टिट्वान्टी विश्व कप उचालेका थिए धोनीको कप्तानीमा ।

त्यस, यता भारतले जित्न सकेको छैन । सन २०१४ मा फाइनल पुग्न सफल भए पनि श्रीलकासँग हार व्योहोर्न पुग्यो ।

धोनी सर्वाधिक सफल कप्तान समेत हुन । उनले भारतलाई तीन अाइसीसी उपाधी दिलाई सकेका छन । २००७ विश्व कप टिट्वान्टी, ५० ओभर विश्व कप २०११ र २०१३ मा च्याम्पियन्स ट्रोफी दिलाउन सफल भएको थियो ।