धेरै पछि लिभरपुल घरेलु मैदानमा पराजित

लिभरपुल बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे ।

उनले खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ ।

लिभरपुल ६८ औं खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो ।

लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

यस हारसंगै लिभरपुलले शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ ।

लिभरपुल ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

बर्नली १९ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ ।