पूर्व म्यानचेस्टर युनाइटेड मिडफील्डर लुक चाडविकले कभानीको प्रशंसा गरेका छन्। फ्री एजेन्टको रुपमा युनाइटेड आएका कभानीमा सुरुमा शंका रहेको उनले स्वीकार गरे र उनि शंका गरेका क्लबहरु पश्चाताप महसुस गर्ने उनले बताए।
‘A lot of teams will regret not signing Cavani’ – Man Utd striker has proved Chadwick wrong https://t.co/vEQoe3DZt7 pic.twitter.com/M4wBZOUueN
— Goal South Africa (@GoalcomSA) December 1, 2020
कभानीको प्रदर्शन युनाइटेडमा राम्रो रहेको छ र साउथेम्प्टन बिरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेस गरेका कभानीको गोलमा युनाइटेडले जित हात गरेको थियो।
उक्त खेल पछि लुक चाडविकले कभानीको प्रशंसा गर्दै बोलेका छन्। “मलाई लाग्छ स्पष्टतः कभानीको दुई गोल र एक अस्सितले खेलमा ठूलो भिन्नता ल्याए,”
“मलाई लाग्छ उनको बक्स वरिपरिको खेल उत्कृष्ट लग्यो। युनाइटेडले खेल राम्रोसँग सुरु गरेको थियो र पहिले २०-२५ मिनेटमा राम्रो खेले पनि तिरको प्रहारको अभाव थियो, तर काभानीले दोस्रो हाफमा खेल पूर्ण रूपमा बदलिदिए।
“म पक्का छु कि आइतवार उनको प्रदर्शन देखेर धेरै क्लबहरु कभानी साइन नगरेकोमा पश्चाताप महसुस गर्नेछन्।