“धन्न मैले रिटायर गरे र हालको लिभरपूलको सामना गर्नु परेन”- सर एलेक्स फर्गुसन

म्यान्चेस्टर युनाइटेडका लेजेण्ड कोच सर एलेक्जेन्डर च्यापम्यान “एलेक्स” फर्गुसनले युनाइटेडको चिर प्रतिद्वन्द्वी लिभरपूलको प्रसंसा गरेका छन्।

-

क्लोपको “उत्कृष्ट” लिभरपूल पक्षको बिरूद्ध जानु नपरेकोमा आफु भाग्यमानी रहेको भनेर महान कोचले मजाक गर्दै अन्तर्वार्तामा बोले।

आउँदो लिगको खेलमा युनाइटेडले लिभरपूलको सामना गर्ने छ र सो ’bout फर्गुसनले अन्तर्वार्तामा बोल्दै लिभरपूलको प्रसंसा गरेका छन्।

“म जहिले पनि म्यानचेस्टर युनाइटेड र लिभरपूल बीचको खेल सिजनको सबैभन्दा उत्कृष्टको रुप हेर्छु” सर एलेक्स फर्गुसनले बताए।

“एकदम सरलताका साथ, तिनीहरू बेलायतका दुई सबैभन्दा सफल टोली हुन्।

“यो स्पष्ट छ कि तपाईंले केहि पनि जित्नको लागि लिभरपूललाई हराउनु पर्छ। धन्य छु कि म हाल रिटायर छु किन कि मैले अन्तिम दुई सीजनहरूमा लिभरपूलको प्रदर्शन देखेको छु – उनि हरु आश्चर्यजनक भएका छन्। म संग लिभरपूलको लागि ठुलो सम्मान छ र सधैं रहेको छ।”