धनगढी एफसीको काठमाडौ रेजर्समाथि फराकिलो जित

काठमाडौं, नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलमा धनगढी विजय भएको छ

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढी एफसीले

पहिलो हाफ सकिदा धनगढीले ३-० को अग्रता बनाएको थियो।

खेलको १९ औं मिनेटमा टंक बस्नेतको क्रश गोल हुन पुगेको थियो। सोही गोलले धनगढीलाई अग्रता दिलाएका थिए ।

खेलको २२ औं मिनेटमा ओलावालेले उत्कृष्ट गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा दर्शन गुरुङको पासलाइ ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-० को अग्रता दिलाएका थिए।

दोश्रो हाफमा काठमाडौ रेजर्सले दबाबमा राखे पनि गोल गर्न सकेनन। खेलको ६७ औं मिनेटमा धनगढी एफसीका डिफेन्डर रमेश दङ्गालले दोहोरो पहेलो कार्ड खादै रातो कार्ड पाएका थिए।

धनगढी एफसीको यो पहिलो जित हो।