दोस्रो प्री सिजन खेलमा चेल्सीको उत्कृष्ट जित

चेल्सीले प्री सिजनको दोस्रो खेलमा जित हात पारेको छ ।

सेन्ट प्याट्रीक एट्लेटिकलाइ चेल्सीले ४-० गोल अन्तारले हराएको हो ।

चेल्सीका लागि पहिलो गोल माउन्टले १४ मिनेटमा गरे भने खेलको ३१ औं मिनेटमा इमरसनले गोल गर्दै अग्रता दोब्बर बनायो । त्यसै गरि दोस्रो हाफको ६७ र ८८ मिनेटमा जिरुडले दुई गोल गर्दै चेल्सीलाई ४-० को सान्दार जित दिलायो ।

जित संगै प्रशिक्षक लाम्पाडले चेल्सी फर्के पछि पहिलो जित हात पारेको छ ।