दोस्रो टेस्टमा न्यूजिल्याण्ड विरुद्ध श्रीलंकाको लज्जाजनक हार

विश्व टेस्ट च्याम्पियनिसप अन्तर्गत न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको सिरिज बराबरी गरेको छ । पहिलो टेस्टमा ६ विकेटले विजयी भएको घरेलु टोली श्रीलंका दोस्रो टेस्टमा भने ठूलो हार ब्योेहोर्न बाध्य भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारीमा २४४ रन बनाएको थियो । पहिलो पारिमा ६ विकेटको नोक्सानीमा ४३१ रन बनाएर पारी समाप्त गरेको न्यूजिल्याण्डले दोस्रो पारीको ब्याटिङ नै गर्नु परेन ।

दोस्रो पारीमा श्रीलंका १२२ रनमा समेटिएपछि न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भयो । न्यूजिल्याण्डलाई जिताउन ट्रेन्ट बोल्ट, टिम साउथी, अजाज पटेल र विलियम सोमरभिलले समान २–२ विकेट लिन सफल भए ।

श्रीलंकाका ओपनिङ जोडीले खाता नै खोल्न सकेनन् भने निरोशन डिकवालाले सर्वाधिक ५१ रन बनाए । दिमुथ करुणारत्नेले २१ तथा कुशल मेन्डिसले २० रन बनाएका थिए।