दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को आफ्नो दोस्रो खेलमा चित्तागोंग भाइकिंग्सविरुद्ध धातक बलिङ गरेका छन् । यद्यपी विकेट भने लिन सकेनन् । सन्दीपले ४ ओभरमा २१ रन खर्चे । ७ औं ओभरका बलिङ गर्न ल्याएका सन्दीपले तीन बल डट सहित मात्र ४ रन खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ३ रन मात्र खर्चे । १४ औं ओभरमा सन्दीपले ५ र १६ ओभरमा ९ रन खर्चदै आफ्नो बलिङको कोटा सकाए । सिलहेट सिक्सर्सलेले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पक्ष्याएको चित्तागोंगले १६ ओभरमा १सय १८ रन जोड्न ५ विकेट गुमाएको छ । त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको सिक्सर्सले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो ।