दुबै टिमले गोल गर्न नसके पछि मड्रिड डर्बी बराबरीमा

रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा रियल र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षले गोलको लागि प्रयास गरे पनि सफल भने भएनन् ।

लिगको ७ खेल सकिँदा बार्सिलोनाले ४ खेलमा जित, २ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेर १४ अंक जोडेको छ भने समान खेलबाट ४ खेलमा जित, २ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको रियल मड्रिडको पनि समान १४ अंक नै भए पनि गोल अन्तरको आधारमा बार्सिलोना शिर्ष स्थानमा रहेको हो ।

त्यस्तै लिगको तेस्रो स्थानमा रहेको सेभियाको १३ अंक तथा एट्लेटिको मड्रिडको १२ अंक रहेको छ भने एक खेल कम खेलेको आलाभेसको ११ अंक रहेको छ ।