प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल आफ्नो टिम थप बलियो बनाउने योजनामा रहेको छ र आर्सनलले शाख्तर डोनेट्स्कका युक्रेनी स्टार विंगर मिखाइलो मुड्रिक र एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्सलाई साइन गर्ने तयारी गरेको जानकारी छ।
Arsenal have now submitted a bid to sign Mykhaylo Mudryk. Understand it’s €40m plus €20m add-ons 🚨🇺🇦 #AFC
Shakhtar want ‘way more’ than this to sell Mudryk.
Talks will take place with player’s agent to discuss about the deal.
No issues on personal terms: Mudryk wants #AFC. pic.twitter.com/2NL6dap0By
— Fabrizio Romano (@FabrizioRomano) December 26, 2022
युक्रेनी प्रिमियर लिग क्लब शाख्तर डोनेट्स्कमा मिखाइलो मुड्रिकको प्रदर्शन निकै उत्कृष्ट रहेको छ भने धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला आर्सनल उक्त दौडमा धेरै अगाडी रहेको छ भने मुड्रिक पनि आर्सनल फ्यान रहेका छन्।
एट्लेटिकोले रेकर्ड मूल्यमा फेलिक्सलाई २०१९मा बेन्फिकाबाट £११३ मिलियनमा साइन गरेको थियो तर हाल उनले एट्लेटिकोमा धेरै खेल समय पाएका छैनन् जसको कारण उनी क्लबमा खुसी छैनन् भने उनी क्लब छोड्ने तयारीमा रहेको बेला उनलाई पनि साइन गर्ने आर्सनलको योजना रहेको जानकारी छ।
🚨 Arsenal are in for João Félix, but the financials on the deal will need to come down before they can make a serious move.
(Source: @David_Ornstein) pic.twitter.com/whU78GOsYv
— Transfer News Live (@DeadlineDayLive) December 28, 2022
हाल सम्म आर्सनलले मिखाइलो मुड्रिकको लागि ४० मिलियन युरोको प्रस्ताव पठाएको छ जुन डोनेट्स्कले अस्विकार गरेको छ भने अझै पनि आर्सनल सम्झौताको लागि नयाँ प्रस्तावको साथ वार्तामा हुने जानकारी छ।
जाओ फेलिक्सको लागि आर्सनलले हाल सम्म एट्लेटिकोको साथ कुनै सम्पर्क नगरे पनि उनी माथि आर्सनलको नजर रहेको रिपोर्ट छ र सके सम्म दुवैलाई जनवरीको ट्रान्सफर विन्डोमा भित्राउने आर्सनलको योजना रहेको जानकारी छ।
मुड्रिकको उत्कृष्ट खेलको कारण उनको तुलना ब्राजिलियन सुपरस्टार नेमार सँग हुने गरेको छ भने एट्लेटिकोले रेकर्ड मूल्यमा फेलिक्सलाई २०१९मा बेन्फिकाबाट £११३ मिलियनमा साइन गरेको थियो।