गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।
पोखरामा आजबाट शुरु भएको मुख्यमन्त्री कप उद्घाटन शत्रमा मनाङका खेलाडीलाई होटलमा नराखेको भन्दै मनाङेले आफुलाई मुक्का प्रहरा गरेको अध्यक्ष मिलनले बताए ।
‘शुरुमा ममलाई खेलाडी होटलमा किन नराखेको भन्दै गाली गरे, त्यसपछि मलाई मुक्काले हिर्काए,’ मिलनले भने ।
उनले आफुमाथि कुटपिट गरेर डनले डनपारा देखाएको भन्दै आफु संयमिति भएका कारण ठूलो झगडा हुनवाट बचेको बताए ।