दि ब्रुना सिटिमै रहने

एजेन्सी, म्यान्चेस्टर सिटिको मिडफिल्डर केभिन दिब्रुनाले नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ।

उन्ले थप चार बर्षको लागि सिटिमा बस्ने छन। सिटिले पछिल्लो दुई बर्ष देखि उन्लाइ नया सम्झौताको लागि पहल थाले को थियो।

दि ब्रुनाले च्याम्पियन्स लिग खेलमा डोर्टमुण्डविरुद्ध गोल गरेको थियो। उन्ले सोमबार सम्झौता गर्दै हप्ताको £३,००,००० पारिश्रमिक लिने छन। यो सम्झौता पछि उनी प्रिमिएर लिगमा सर्वाधिक कमाउने खेलाडिमा गनिने छ।

उन्ले आफ्नो सम्झौता अवधी सिटिमा रहे एक दशक पूरा गर्ने छ। नया सम्झौता गर्न पाउँदा आफू खुशी रहेको प्रतिक्रिया दिए।

“म एक्दम खुशी छु। २०१५ मा सिटिसंग आबद्ध भए देखि मलाइ घरमा आएको छि जस्तो अनुभव भएको छ। मेरो परिवारलाई म्यान्चेस्टर ठाँउ मन पर्छ र मेरो व्यक्तिगत खेल पनि राम्रो भएको छ”।

दि ब्रुनाले अघिल्लो सिजन पिएफए खेलाडिको उपाधी जितेको थियो। उन्ले थेरी हेन्रीको अस्सिट बराबरी गरेका थिए।