दिल्ली डियरडेविल्सका खेलाडी कगीसो रवाडा घाइते हुदा सन्दिपको सम्भावना बढ्यो!

इन्डियन प्रिमियर लिगको ११ औ शस्करण यहि आउदो शनिवार अर्थात अप्रिल ७ बाट सुरु हुनगईरहेको छ भने दिल्ली डियरडेविल्सको पहिलो खेल अप्रिल ८ मा पंजावसंग हुदैछ ।

 नेपालको तर्फबाट पहिलोपटक आइपीएलको छनोटमा परेका सन्दिप लामिछानेले दिल्लीबाट खेल्न पाउने वा नपाउने भन्ने अन्योल रहिरहदा येतिबेला सन्दीपको लागि एउटा खुशीको खबर अगाडी आइएको छ । आइ.पी.एलमा कुनै पनि टोलीले बढीमा ४ बिदेशी खेलाडीमात्र टिमबाट खेलाउन सक्नेछ जसमा सन्दीपको स्थान निकैनै असहज देखिन्थ्यो तर अफ्रिकाका फास्ट बलर कगीसो रवाडाले आइ.पी.एल नखेल्ने भएसंगै सन्दीपको सम्भावना हवात्तै बढेको छ । अस्ट्रेलिया र अफ्रीका बिचको अन्तिम टेस्ट श्रीन्खलामा भएको ब्याक इन्जारीका कारण रवडाले सवै खेल गुमाउने भएका हुन् ।

दिल्लीबाट कुरागर्दै सन्दीपले भने – अभ्यास खेलमा दुई ओभर बलिङ गरेर एक विकेट लिएको सन्दीपले बताएका छन् । तर कुन खेलाडीलाई आउट गरेको भने खलाएनन् । भने निकै राम्रो अनुभव गरि रहेको छु । आफुले सोचे जस्तै बल फ्याँक्न सफल भएको छु – सन्दीपले भने ।अप्रिल ७ तारिखबाट भारतका विभिन्न शहरमा हुने आईपीएलमा सन्दीपको टिम दिल्ली डेयर डेभिल्सले अप्रिल ८ मा किंस इलाभेन पञ्जावसँग खेल्ने छ