दिल्लीले गर्यो सन्दिपलाई रिटेन

सन् २०१९ को इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि दिल्ली डेयरडेभिल्सले नेपाली बलर सन्दिप लामिछानेलाई रिटेन गरेको छ। योसंगै सन्दिपले आफ्नो आइपिएलको दोस्रो बर्ष समेत दिल्लीमानै बिताउने भएका छन्।

दिल्लीमानै रिटेन भएपछि सन्दिपले कति पैसा पाउने भन्ने खुलाइएको छैन। टिम व्यवस्थापन र खेलाडीको आपसी सहमतिमा पैसा निर्धारण गर्ने गरिन्छ। यसअघि सन् २०१८ को इन्डियन प्रिमियर लिग अक्सनमा दिल्लीले सन्दिपलाई रु २० लाख भारतीय रुपैयाँ चुकाएर टोलीमा सामेल गरेको थियो। सन्दिपको न्यूनतम मुल्य समेत रु २० लाख रुपैयाँनै रहेको थियो।

दिल्लीको टोलीमा छनौट भएर आइपिएल क्रिकेट खेल्ने पहिलो नेपाली बनेपनि सन्दिपले टोलीबाट सुरुवाती ११ खेलमा मौका पाएका थिएनन्। अन्तिम ३ खेलमा आफ्नो स्पिनको जादु छर्दै सन्दिपले ५ विकेट चट्काएका थिए।
सन्दिपले आफुले खेलेका ३ खेलेका कायरन पोलार्ड, सुरेश रैना, सूर्यकुमार यादव, क्रुनाल पान्ड्या र पार्थिव पटेलको विकेट लिएका थिए।

दिल्लीले यसअघि सहबाज नदीम, विजय शंकर र अभिषेक शर्मा दिएर सनराइजर्स हैदरवादबाट शिखर धवनलाई लिएको थियो। यस्तै टोलिले ग्लेन म्याक्स्वेल, गौतम गम्भीर, मोहम्मद शामी र डेन क्रिसटियनलाई रिलिज गरेको छ।