दिप ज्योति आवासीय माविको आयोजना हुने तेस्रो संस्करणको दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिता फागुन १ र २ गते हुने भएको छ।
तार्केश्वरस्थित जिफो फुटसलमा हुने प्रतियोगिताको विजेताले २० हजार पाउने छन् भने उपविजेताले १० हजार पाउने छन्।
इच्छुक विद्यालयहरू प्रतियोगितामा सहभागिता जनाउन ९८४१४१६८९३, ९८४३७६३२७७ या ९८४९७८०२०३ मा सम्पर्क गरि टिम दर्ता गर्न सकिन्छ।
प्रतियोगितामा सहभागिता जनाउन ४ हजार ५ सय दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ।