दाेस्राे सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई दियाे २२४ रनकाे मध्यम लक्ष्य

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २२४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २२३ रनको बनाएको छ। अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ८५ रन बनाए। त्यस्तै, एलेक्स क्यारीले ४६ रन बनाए । एलेक्स र स्मिथले १०३ रनको साझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरेका थिए। मिचेल स्टार्क २९ रनमा आउट हुदा ग्लेन म्याक्श्वेलले २२ रन बनाए।

यसअघि चार रन हुदा कप्तान एरोन फिन्च शुन्य रनमा आउटभए । त्यस्तै, १० रन हुदा दोस्रो विकेटको रुपमा डेभिड वार्नर आउट भए । एकपछि अर्को विकेट गुमाएको अष्ट्रेलियाले १४ रन हुदा तेस्रो विकेटको रुपमा पिटर हृयान्ड्सकोम्ब आउट भएका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिद र क्रिस वोक्सले समान ३-३ विकेट लिए। त्यस्तै, जोफ्रा आर्चरले २ विकेट लिन सफल भए।