दशैंमा देशबाहिर रहने नेपाली खेलाडी

अब दशै आउन केही दिन मात्र बाँकी रहेको छ । राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व टी–२० एसिया कप छनोट ‘बी’ उपाधिसहित शनिबार नेपाल फर्किसकेको छ । फुटबलमा ए डिभिजन लिग शनिबार देखी केहि समयको लागि स्थिगित भएको छ । अब फुटबलमा अन्य कुनै प्रतियोगिता दशैँ अघि छैनन् ।

संयोग नै मान्नुपर्छ यो दशैँमा अन्य बर्षको तुलनामा कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जुरेको छैन । लामो समय देखी परिवारबाट टाढा रहेका खेलाडी घरपरिवारसँग भेट हुन र दशैँ मान्न आतुर छन् । कतिपए खेलाडी घर पुगि सकेका छन् । धेरै घर जाने तरखरमा छन् । तर यी ३ खेलाडीले भने यो दशैँ मान्न नपाउने भएका छन् ।

सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यो दशैँ मनाउन नपाउने भएका छन् । सन्दीप शनिबार मलेसियाबाट सिधैँ अफगानिस्तान प्रिमियर लिग खेल्न युएई गएका छन् ।

टी–२० एसिया कप छनोट बी मा ६ खेलमा २४ विकेट लिदैँ म्यान अफ द सिरी बनेका सन्दीप अफगानिस्तानको नगरहर लियोपार्डसमा एक महिना अघि १५ हजार अमेरीकी डलरमा अनुबन्ध भएका थिए । टी–२० एसिया कप छनोट बी को लागि राष्ट्रिय टिमसँग मलेसिया गएपछि एपीएलका केहि सुरुवाती खेलमा सहभागिता जनाउन पाएनन् ।

अन्तर्राष्ट्रिय लिग खेल्न भ्याई नभ्याइ रहेका सन्दीप क्रिकेट खेलेरै एक बर्षमा करोडपति बन्ने पहिलो नेपाली खेलाडी हुन् । नेपाललाई डिभिजन २ हुदैँ वान डे मान्यता दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका सन्दीप नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा तहल्का पिटि रहेका छन् । सन्दीपको बलको सामना गर्न विश्वका नं वान ब्याटम्यानलाई पनि धौधौ हुने गर्दछ । जस्को राम्रो उदारण आईपीएल हो ।

किरण चेम्जोङ

राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोल किपर किरण चेम्जोङले यो दशैं मान्न पाउने छैनन् । माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट व्यवसायिक फुटबल खेल्ने उनी आफ्नो क्लबमा व्यस्त रहेकोले दशैं मान्न नेपाल आउन नपाउने भएका हुन् । सफल गोलकिपर चेम्जोङ एक महिना अघि सम्पन्न साफ च्याम्यिनशिप खेल्न बंगलादेश पुगेका थिए । त्यसपछि चेमजोङ नेपाल आएर माल्दीभस गएका हुन् ।

रोहित चन्द

नेपाली फुटबल टोलीका अनुभवी तथा भरपर्दा मिडफिल्डर रोहित चन्दले पनि यो दशैं मान्न नपाउने भएका छन् । पछिल्लो दुई वर्ष यता इन्डोनेसियाको प्रथम श्रेणीको क्लब पर्सिजा व्यवसायिक फुटबल खेलिरहेका छन् । एक महिना अघि बंगलादेशमा सम्पन्न साफ च्याम्यिनशिफ खेल्न बंगलादेश पुगेका रोहित उतैबाट इन्डोनेसिया गएका थिए । लिगमा व्यस्त रहेकोले रोहितले यो दशैं मान्न नपाउने भएका हुन् ।