दशकको सबैभन्दा उत्कृष्ट युरोपियन क्लबहरूको नाम सार्वजनिक

फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय सङ्घ( आईएफएफएचएस)ले दशकको सबैभन्दा उत्कृष्ट युरोपियन क्लबहरूको सुची तयार गरेको छ। आईएफएफएचएसले २०११ देखि २०२०को १० यूईएफए उत्कृष्टको सुची तयार गरेको छ र उक्त सुचीको शीर्ष स्थानमा स्पेनिस क्लब बार्सिलोना रहेको छ।

विगतको १० वर्षमा युरोपको क्लबहरूको प्रदर्शन र उपलब्धिको अनुसार क्लबहरूलाई अङ्कको साथ श्रेणी करण गरेको आईएफएफएचएसको दाबी छ। सुचीमा बार्सा २,८७७ अङ्कको साथ पहिलो स्थानमा रहेको छ भने 2,७८२ अङ्कको साथ सो सुचीको दोस्रो स्थानमा बार्साको चिर प्रतिद्वन्द्वी रियल रहेको छ।

दशकको सबैभन्दा उत्कृष्ट युरोपियन क्लबहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Arsenal (2,016 points)

9. Manchester United (2,020 points)

8= Manchester City (2,113 points)

8= Chelsea (2,113 points)

6. Juventus (2,272 points)

5. Atletico Madrid (2,302 points)

4. PSG (2,357 points)

3. Bayern Munich (2,594 points)

2. Real Madrid (2,782 points)

1. Barcelona (2,877 points)