दक्षिण अफ्रिकाका लागि एक दशक अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी जोन्टी रोड्स नेपाल आउने

दक्षिण अफ्रिकाका लागि एक दशक अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी जोन्टी रोड्स नेपाल आउने भएका छन् ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्ट (एनएसएम) को आयोजनामा हुने दुई साता लामो प्रशिक्षण क्याम्पका लागि जोन्टी अक्टोबर २० मा नेपाल आउँदै छन् ।

क्याम्प अक्टोबर २२ देखि नोभेम्बर ७ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

आयोजक एनएसएमले खुला आवेदनमार्फत स्थानीय प्रशिक्षकबाट खेलाडी एक चरण छनोट गर्ने बताएको छ । खुला छनोटबाट १४ र १६ वर्षमुनिका झन्डै ६० खेलाडी जोन्टीसँग क्याम्पमा सहभागी हुनेछन् । क्याम्पका क्रममा क्रिकेट खेल र त्यससम्बन्धी विभिन्न कार्यक्रम आयोजना हुनेछ । जोन्टीले आफ्नो करिअरमा ब्याटिङसँगै उत्कृष्ट फिल्डरको रूपमा पनि परिचय बनाएका थिए ।