थ्री स्टार र जावलाखेल बीचको खेल बराबरीमा टुंगियो

कतार एर्यरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल गोलरहित बराबरीमा रोकिएको हो ।

दुवै टिमले गोलको अवसर खेर फाल्दा बराबरी खेलेका हुन् ।

आज दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र बिभागिय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।